Logo

पूर्वगर्भनर तिलक रावलसहित ३ जनालाई भ्रष्टाचार मुद्दा



काठमाडौं, ५ पुस ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोलिमर नोट काण्डमा पूर्वगर्भनर तिलक रावलसहित ३ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुलाई ९१ लाख रकम बिगो दावीसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

रावलसहित अख्तियारले तत्कालिन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौडेल र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालय बहादुर पाण्डेविरुद्व अदालतमा मुघा दायर गरेको छ ।



प्रतिक्रिया दिनुहोस्