काठमाडौं, ६ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा आज ७ जना सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । आज बोल्ने अधिकांश नेताहरुले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा असहमति राखेका थिए ।
तर, उपप्रधान एवम् रक्षामन्त्री समेत रहेका नेता ईश्वर पोखरेलले भने प्रधानमन्त्री ओलीको प्रशंसामा समय खर्चिएका थिए । उनले नेपालको ईतिहाँसमा कम्युनिष्ट सरकारका प्रधानमन्त्रीमध्ये ओली नै सफल प्रधानमन्त्री भएको दाबी समेत गरेका थिए । उनले मनमोहन अधिकारीको सरकारभन्दापनि वर्तमान सरकार सफल भएको जिकिर गरेको एक नेताले जानकारी दिए ।
अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेताहरुले आफ्ना धारणा राख्नेक्रम जारी छ । शुक्रबारको बैठकमा नेता अमिक शेरचनले ओलीको विरुद्धमा आफ्नो धारणा राखेका थिए ।