Logo

खानी दुर्घटनामा १३ जनाको मृत्यु



काठमाडौँ,६ पुस । चेक रिपब्लीकको पूर्वी क्षेत्रमा रहेको एक कोइला खानीमा दुर्घटना हुँदा १३ जनाको खानी मजदूरको मृत्यु हुनुका साथै अरु १० जना घाइते भएका छन् ।ओकेडी माइनिङ कम्पनीका प्रवक्ता इभो सेलेचोभ्स्कीले मारिएका १३ जनामा ११ जना पोल्यान्डका र दुई जना चेकोस्लोभाकियाका रहेको जानकारी गराए ।

उक्त दुर्घटना बिहीबार अपराह्न राजधानी प्रागबाट करिब ३०० किलोमिटर पूर्व काराभिना सहरको सीएसएम खानीमा भएको थियो ।उक्त दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ ।

चेक रिपब्लीक समेतका पूर्वी युरोपका देशहरुमा ठूलो संख्यामा कोइला खानी सञ्चालनमा रहेका र तिनीहरुमा निकै जोखिम रहने गरेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्