Logo

अख्तियार कांग्रेसका केन्द्रिय नेताहरु खोज्दै, मुख्य निशानामा गच्छदार



काठमाडौं, ६ पुष । अख्तियार अनुशन्धान आयोगले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केही केन्द्रिय नेताहरुलाई भ्रष्टाचार गरेको आरोपमा खोज्न सुरु गरेको छ ।

कांग्रेसका नेताहरु मन्त्री भएको बेलाका फाईलहरु अख्तियारले अहिले पल्टाउन थालेको स्रोतको दाबी छ । स्रोतका अनुसार कांग्रेसका तत्कालिन प्रभावशाली नेताहरु जो पटक पटक मन्त्री भए उनीहरुको पालामा भएका भ्रष्टाचारलाई एक–एक गरी खोतल्ने अख्तियारको तयारी रहेको छ । पहिलो निशानामा उपसभापति विजयकुमार गच्छदार पर्ने स्रोतको दाबी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अख्तियार प्रमुख नविनकुमार घिमिरे यस्तो प्रक्रिया अघि बढाउन लागेको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्