काठमाडौं, ८ पुष । चर्चित नायिका शुभेच्छा खड्काले रिलेशनसिपमा विवाहअघिको सेक्सपनि जायज रहेको बताएकी छिन् । शनिबार राति प्राईम टाइम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका खड्काले यस्तो बताएकी हुन् ।
‘सेक्स’ त आधारभुत आवश्यकत्ता नै भएकोले यसलाई विवाहअघिको ‘सेक्स’ ठिक की बेठीक भन्ने विषय उचालेर ठूलो ‘ईस्यु’ बनाउन नहुने उनको धारणा छ ।
हाम्रो समाजमा प्रेमसँगै रोमान्समा रमाउने युवायुवतीहरुको जमातपनि ठूलै छ, यसलाई कसरी लिनुभएको छ भनेर धमलाले राखेको अर्को जिज्ञासामा खड्काले भनिन्,‘मलाई लाग्छ, रोमान्समा रुमलिने भन्ने कुरा सबैको जीवनमा हुन्छ, यो अत्यन्तै साधारण कुरा हो । रमाईलो गर्ने भन्ने कुरा त युथफुल उमेरमा नै हो नि । जीवनसाथी बनाउनको लागि पनि चिन्ने मौका हो ।’
विवाहअघि युवतीहरु रिलेसनसिपमा बस्नु कतिको राम्रो हो त ? भन्ने अर्को प्रश्नमा उनले यसरी जवाफ दिईन,‘हो र ? त्यसो भए युवाहरुले चाहीँ विवाहअघि रिलेशनसिपमा बस्न हुन्छ त ? मेरो प्रश्न । विवाहअघि युवतीहरु रिलेशनसिपमा बस्नुहुँदैन भन्ने कुरामा म सहमत छैन । मलाई त्यस्तो लाग्दैन् ।’ खड्काले विवाहअघिपनि पारिवारिक सहमतिमा यदि कसैले रिलेशन राख्छ भने त्यो आपत्तिजनक नहुने तर्क गरिन् ।
फरक प्रसँगमा उनले आफूसँग असल मान्छे बन्ने उद्देश्य रहेको सुनाईन् । तर, विवाह कोसँग गर्ने भन्नेबारे अहिले कुनै योजना नबनाएको खड्काले जिकिर गरिन् ।
उनले भनिन्,‘को सँग विवाह गर्ने भन्नेबारे मैले सोचेकी छैन, नायकसँगपनि हुनसक्छ, उद्योगपतिसँगपनि हुनसक्छ।’ आफूलाई खुशी बनाउन सक्ने मान्छेसँग नै विवाह गर्ने उनले सुनाईन् । उनले थपिन्,‘त्यो व्यक्तिसँग बस्दा मैले, आफू जे हो त्यही भएर प्रस्तुत हुन सकुँ । हो, म त्यस्तै व्यक्ति खोज्छु होला सायद ।’ यद्धपी उनले अहिले विवाहको लागि तयारी नगरेको पनि जिकिर गरिन् ।
विवाह र प्रेमको लागि भने प्रशस्तै प्रस्तावहरु आएको उनले स्विकार गरिन् । ‘यो उमेरमा विवाह र प्रेमको लागि प्रस्ताव त आउने भैहाल्यो नि’–उनले थपिन्,‘ऋषिजी, तपाईलाई पनि उमेरमा प्रशस्तै प्रस्ताव आए होलान् ।’
उनले अहिल्यै नै ‘रिलेशनसिप’ मा बसेर कमिटमेन्ट गर्ने बेला भैनसकेको बताईन् । विवाहको लागि यदि कहीँ कतैबाट सुन्दर र उपयुक्त प्रस्ताव आईहालेपनि आफूले तीन वर्ष पर्खिनको लागि आग्रह गर्ने पनि खड्काले सुनाईन् ।
आफू अत्यन्तै अनुशासित युवती रहेको पनि उनले स्पष्ट पारेकी छिन् । उनले भनिन्,‘मेरो परिवार नै अनुशासित छ । बुवा आर्मीमा हुनुहुन्छ, मुवा स्कुलको प्रिन्सिपल हुनुहुन्छ । म सानैदेखि अनुशासित युवती हुँ । यसले गर्दा मलाई अघि बढ्नको लागि धेरै सहयोग पुगेको छ ।’