Logo

ओलीले हाम्रो कुरा नटेरे प्रधानमन्त्रीबाट विस्थापित गर्छौंः राजकिशोर यादव (भिडियोसहित)



काठमाडौं, ११ पुस । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले अब पनि आफूहरुको कुरा नटेरे सडक र सदनबाट संघर्ष गरेर विस्थापित गर्ने चेतावनी दिएका छन् ।

मंगलबार प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले यस्तो चेतावनी दिएका हुन् । यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अहिले चौतर्फी रुपमा घेराबन्दीमा परिरहेको पनि सुनाए । उनले भने,‘यसको प्रमुख कारण के हो भने सरकारले हिजोको दिनमा गरेका कमिटमेन्टहरु, नेपाली जनतालाई देखाएको सपनाहरु पूरा गर्न नसकेको हो ।’

सरकारले राम्रो काम गर्न नसकेको भनेर के गर्नु ? तपाईहरुले पनि यसको उपचार त गर्न सक्नुभएन नि ? भनेर धमलाले सोधेको प्रश्नमा उनले भने,’सरकारलाई हामीले सहयोग गरेकै हो । हामीले उहाँहरुलाई असहयोग र बाधा पुर्याएनौं ।

 



प्रतिक्रिया दिनुहोस्