Logo

संसदीय दलको बैठकमा ओली–प्रचण्डले दिए सांसदलाई यस्तो निर्देशन



काठमाडौँ, ११ पुस। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय संसदको हिउँदे अधिवेशन प्रभावकारी बनाउन भूमिका निर्वाह गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् ।

बुधबार नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा अध्यक्षद्धय ओली–प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । आजको बैठकले संविधान र सङ्घीयता कार्यान्वयनका लागि आवश्यक विधेयक पारित गर्न आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।

प्रमुख सचेतक देवप्रसाद गुरुङले दिएको जानकारी अनुसार आजको बैठकले दलको विधान समेत पारित गरेको छ । सङ्घीय संसदको तेस्रो अधिवेशन आजदेखि सुरु भएको छ ।

प्रधानमन्त्री ओलीले जननिर्वाचित सांसदलाई ढोका बाहिर राखेर कर्मचारीलाई बिना रोकटोक पहुँच दिने शैली बदल्न मन्त्रीहरुलाई निर्देशन दिए ।

ओलीले भने,‘सांसदहरु मन्त्रीलाई भेट्नका लागि ढोकाको छेउमा कुरेर बस्नुपर्ने र कर्मचारी जुनसुकै तहको भए पनि बिना रोकटोक भित्र जाने भन्ने कुरा बेठीक छ । सांसदहरु द्वारपाले होइनन्, मन्त्रीहरु पनि आकाशबाट खसेका अलौकिक मान्छे होइनन् । पहिलो प्राथमिकता जनप्रतिनिधिले पाउनुपर्छ ।’प्रचण्डले सरकारको बचाउमा सशक्त ढंगले संसदमा प्रसतुत हुन सांसदहरुलाइ निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस्