काडमाडौं, ११ पुस । राष्ट्रिय जनता पार्टी नेपालको आज बसेको अध्यक्ष मण्डलको बैठक सम्पन्न भएको छ । बैठकले यही पुस १८ गते देशभर जिल्लास्तरीय विस्तारित बैठक बोलाउने निर्णय गरेको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।
उनका अनुसार बैठकले सबै जिल्लामा विस्तारित बैठक गरी सदस्यता वितरण अभियानलाई गति प्रदान गर्न जिल्ला अध्यक्ष मण्डललाइ निर्देशन दिएको हो । बैठकले पुस २५ गते सबै जिल्लामा वडास्तरीय विस्तारित बैठक बोलाउन समेत निर्देशन दिएको छ ।
तस्विर : मुकुन्द कालिकोटे