Logo

सरकारविरुद्ध यसरी खनिए देउवा, कर्मचारी आन्दोलनलाई साथ



काठमाडौं, ११ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीहरुको आन्दोलनको पक्षमा प्रतिनिधि सभाको बैठकमा आवाज उठाएका छन् ।

बुधबारदेखि सुरु भएको संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा उनले कर्मचारी समायोजन अध्यादेशको कारण माग गरेका छन् ।आफ्नो नेतृत्वको सरकारको पालामा नै आएको ऐनलाई लत्याएर स्थायी सरकारको रुपमा रहेका कर्मचारीहरुलाई जवर्जस्ती कार्यक्षेत्रमा पठाउने गरी सरकारले अध्यादेश ल्याएको प्रति उनले विरोध जनाएका हुन् ।

उनले त्यो अध्यादेशको आवश्यकता के थियो भन्दै उनले अध्यादेशमा उल्लेख गरिएका विषयहरु तत्काल सच्याउन समेत आग्रह गरेका छन् । कर्मचारीहरु कसैको दास नभएको भन्दै उनीहरुको पनि हक र अधिकारको विषयमा सरकारलाई गम्भीर बन्न चेतावनी समेत दिएका छन् ।

देउवाले प्रधानमन्त्री ओलीले अरुले गरेको कामको जस आफैँले लिएको आरोप लगाएका छन्। तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिका गएर ल्याएको पैसाले गरेको कामसमेत आफैँले गरेको झुटो हल्ला प्रधानमन्त्रीले फैलाएको देउवाको दाबी छ।

‘अहिलेको सरकारले तत्कालीन अर्थमन्त्री कार्कीले ल्याएको पैसाले गरेको कार्यसमेत आफूले गर्दै हिँडेको भन्ने हल्ला फैलाएको छ’, उनले भने, ‘प्रधानमन्त्रीजस्तो मान्छेले अरुले गरेको कामको जस आफूले लिनु हुन्छ ?’ प्रधानमन्त्रीजस्तो सम्माननीय पदमा बसेर झुटो बोल्नु र जनतालाई भ्रम फैलाउनु उपयुक्त नभएको उनको भनाइ छ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्