Logo

स्थायी समिति बैठक, ओलीले तयार पारे ५१ पृष्ठको जवाफ



काठमाडौं, १२ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले सदस्यहरुले उठाएको प्रश्नमा जवाफ दिँदैछन् । बैठकमा बोल्ने अधिकांश सदस्यहरुले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरेका थिए ।

अध्यक्षद्धय ओली र प्रचण्डको संयुक्त प्रतिवेदनमाथिको छलफलमा भाग लिने अधिकांश नेताहरुले सरकारको कार्यशैली सच्याउनुपर्ने टिप्पणी गरेका थिए । स्रोतका अनुसार सबै नेताहरुको प्रश्नको जवाफ दिन ५१ पृष्ठ लामो डकुमेन्ट नै तयार पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्