Logo

देउवा–पौडेलबीच नयाँ सम्झौता : एकलाई सभापति, अर्कोलाई प्रधानमन्त्री !



काठमाडौं, १४ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच महासमिति बैठकपछि ‘लभ’ नै परेजस्तो देखिएको छ ।

महासमिति बैठकअघि दुई ध्रुवमा देखिएका देउवा र पौडेलबीच पछिल्लो समय हिमचिम ह्वात्तै बढेको छ । उनीहरुबीच अहिले दैनिक फोन सम्वाद भैरहेको कांग्रेसनिकट उच्च स्रोतले जानकारी दिएको छ ।

बरु, देउवा र पौडेलले अहिले मिलेर जाने प्रण गरेका छन् । पार्टीभित्र उनीहरु अब कोइराला परिवार र कृष्णप्रसाद सिटौलाबीचको नयाँ बन्न लागेको गठबन्धनविरुद्ध उत्रिने पनि तयारीमा जुटेका छन् ।

पार्टीको आगामी महाधिवेशनलाई लक्षित गरेर देउवाले पौडेलसँग नयाँ समझदारी कायम गरिसकेको पनि खुलासा भएको छ । देउवाले आफू सभापतिमा उठे पौडेलले सघाउनुपर्ने र आफूले प्रधानमन्त्रीमा पौडेललाई अघि सार्ने प्रतिबद्धता जनाएका छन् ।

देउवाले पौडेलसामू अर्कोपनि रणनीति अघि सारेका छन् । उनले यदि पौडेल नै सभापतिमा उठेपनि आफूले सघाउने र प्रधानमन्त्रीमा पौडेलले आफूलाई सघाउनुपर्ने प्रस्ताव राखेका छन् । स्रोतका अनुसार देउवाको उक्त प्रस्तावमा पौडेलपनि भित्रि रुपमा सहमत भएका छन् ।

उता देउवा–पौडेल गठबन्धन बनिसकेको थाहा पाएपछि पौडेल पक्षका प्रभावशाली नेता प्रकाशमान सिंह भने कोइराला–सिटौला नयाँ गठबन्धनमा जाने तयारीमा जुटेका छन् । अहिले पौडेलसँग सिंहको त्यति राम्रो सम्बन्ध छैन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot