Logo

पार्टीलाई सरकारले चलाउने होइन : विष्णु रिमाल



पुष १५, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले स्थायी समिति बैठकमा सबै सदस्यहरु हाबी भएको स्वीकार गरेका छन् ।

अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालसहित सचिवालय सदस्यहरु ज्वाफ दिने ठाउँमा भएकाले स्थायी समिति सदस्यहरुलाई खुलेर बोल्न दिइएकाले उनीहरु हाबी भएको रिमालको तर्क छ ।

“हामीले प्रत्येक सदस्यलाई २० मिनेटको समय दियौँ । उहाँहरुले आफ्ना कुरा राख्नुभयो । सचिवालयका महासचिव विष्णु पौडेल तथा अध्यक्षद्धय जवाफ दिने ठाउँमा हुनुहुन्थ्यो ।” रिमालले भने ।

बैठकपछि सबै स्थायी समिति सदस्यहरु सन्तुष्ट भएको रिमालको दावी छ । पार्टीभित्र लोकतान्त्रिक पद्धति भएकाले स्थायी समिति सदस्इहरुले नेतृत्वमाथि औँला ठड्याएर बोल्ने मौका पाएको उनको तर्क छ ।

स्थायी समिति बैठकमा सरकारले पार्टी संचालन गर्यो भन्ने आरोप लगाएको सन्दर्भमा रिमालले सरकारलाई पार्टीले चलाउने कुरामा कसैको पनि विमति नरहेको बताए ।

“सैद्धान्तिक रुपमा सरकारलाई पार्टीले चलाउने हो । पार्टीलाई सरकारले चलाउने होइन ।” रिमालले भने ।



प्रतिक्रिया दिनुहोस्