काठमाडौँ, १५ पुस । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अर्थतन्त्रको सम्पूर्ण मेरूदण्डको सन्तुलित प्रयोगबाट प्रदेश बिकासको लागि पूर्वधार कम्पनी खडा गर्ने बताएकमा ।
चन्द्रागिरी नगरपालिका–५ मा रहेको देव दर्शन बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारणसभाको प्रमुख अतिथिका रुपमा बोल्दै उनले प्रदेशको बिकास र समृद्धिको लागि सहकारिको भूमिका अपरिहार्य रहेको धारणा राख्दै सहकारी अभियानकै कारण समग्र महिलाहरुको ससक्तिकरणमा टेवा पुगेको वताए ।
मुख्य मन्त्री पाैडेलले सहकारीकाे एकीकृत पुँजी लाई उद्योग धन्दा र पर्यटन विकासमा लगानी गर्न सकिए अार्थिक समृद्धि हासिल गर्न सकिनेमा जाेड दिए । उनलेे फरक प्रसंगमा भने,”विकास वजेट कनीका छरेकाे जस्ताे गरि पैसा छर्दैमा विकास नहुने रहेछ, दिगाे विकासकाे लागि प्रदेश सरकार एक्सन अफ प्लानमा गई सक्याे अब तिव्र गितिमा विकासकाे अनुभूति जनताहरूले गर्न पाउँने छन । ” मुख्य मन्त्री पाैडेलले काठमाण्डौ उपत्यकालाई प्रदुषणमुक्त बनाउन दश वर्षभित्र डिजेल र पेट्रोलबाट चल्ने गाडी विस्थापित गरी बिजुली गाडी सञ्चालनमा ल्याउने समेत जानकरी गराए ।
पौडेलले सहकारीको पूँजीलाई उत्पादनसँग जोड्नुपर्ने बताएका छन मुलुक कृषि प्रधान भनिए पनि कुखुराको दाना बेल्जियम र फूल भारतबाट आयात गरिराख्नुपरेको उल्लेख गरे । सहकारीले ग्रामीण भेगका महिलाहरुको पुरुषमाथि भर पर्नुपर्ने अवस्थाको अन्त्य गरेको भन्दै आगामी दिनमा थप प्रभावकारी काम सहकारी क्षेत्रले गर्नुपर्ने उनले जोड दिए । सहकारी भनेको एकापसमा सहकार्य गर्ने माध्यम भएको र सबै मिलेपछि मात्रै देश निर्माण गर्न सकिने उनले प्रष्ट पारे ।
कार्यक्रममा वाेल्दै प्रतिनिधि सभा सांसद अञ्जना विशंखेले सरकारकाे प्राथमिकता सहकारीको विकास व्यवस्थापन र तीन खम्बे नीति अनुरूप कार्यान्वयनकाे चरणमा हुदा हुँदै पनि साेचे अनुरूप अगाडि वढ्न नसकेकाे वताईन । विशंखेले सहकारीले सदस्य र समुदायलाई प्राथमिकतामा राखेर काम गरे समृद्ध समाज निर्माण हुनसक्ने औंल्याइन् ।
त्यसैगरी प्रदेश सभा सांसद रमा आले मगरले सहकारीले समुदायमा छरिएको पैसालाई एकिकृत गरी सदस्यहरुको समस्या समाधान गर्नुका साथै बैंकहरुको झञ्झटिलो प्रकृयाबाट मुक्त गरी सहजै वित्तीय सेवा प्रदान गरेकोमा प्रशंसा गरिन् । उनले सहकारीमार्फत संकलित पूँजीलाई कृषि व्यापार, व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा जोड्न सके त्यसले सदस्यहरुलाई पनि मालिक बनाउने बताइन् ।
संस्थाकी उपाध्यक्ष एवं प्रदेश सभा सांसद बेलीमाया घलेले चन्द्रागिरी नगरपालिकामा १४० को हाराहारीमा सहकारी रहेकाले कुन कुन संस्थाले सदस्यको हितमा काम गरिरहेका छन् त्यसको लेखाजोखा गर्नुपर्ने बताइन् । सहकारीले गरिब र न्यून आय भएका व्यक्तिहरुलाई आर्थिक रुपमा सबल बनाउनुपर्ने भएपनि केहि संस्थाहरु पारिवारिक रुपमा चलेकाले त्यस्ता सहकारीहरुको संघ, प्रदेश र स्थानीय तहले निगरानी बढाउनुपर्नेमा जोड दिइन् ।
नेफ्स्कुनका सञ्चालक दिपक पनेरुले चन्द्रागिरी नगरपालिकामा मात्रै सहकारीहरुबाट १० अर्बभन्दा बढि बचत परिचालन भएको बताए । सहकारीहरु बचत ऋणमा मात्रै लागेको आरोप लाग्ने गरेको भन्दै उनले ऐननियमका कारण उत्पादनमूलक क्षेत्रमा सहकारीहरु जान नसकेको प्रष्ट पारे । सहकारीमा रहेको पूँजीलाई राष्ट्र निर्माणमा लगाउन सक्ने बताउँदै पनेरुले त्यसका लागि ऐननियम सोही अनुरुप बनाउन उनले आग्रह गरे । उद्यमशीलतासहितको बचतऋण अभियानलाई अब अगाडि बढाउने विषयमा छलफल भइरहेको समेत उनले प्रष्ट पारे ।
कार्यक्रममा सहकारी अभियन्ता तथा ईन्द्रेणी साकाेसका अध्यक्ष केशव राज पाैडेलले स्थानिय साझेदारी र दिगाे विकासमा सहकारीको भुमिका महत्त्वपूर्ण हुने चर्चा गरे । उनलेे समृद्ध नगरपालिका निर्माणकार्य मा सहकारीकाे एकता फलदायी हुने वताए ।
सभामा संस्थाका अध्यक्ष रामनारायण घिमिरेल सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।
सदस्यहरुको ससानो पूँजीलाई दैनिकरुपमा बचत गराउने र बचत भएको पूँजीलाई सदस्यहरुकै हितका लागि लगानी गर्ने निकाय सहकारी भएको उनले जनाए । सहकारी क्षेत्रलाई राज्यले समेत प्राथमिकता दिइ अर्थतन्त्रको ३ मध्ये एक खम्बाको रुपमा अघि सारेकाले सहकारीहरुले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने अध्यक्ष घिमिरेले प्रष्ट्याए ।
संस्थाले गत आवको अन्त्यसम्म ३ करोड शेयरपूँजी, ५२ करोड ४६ लाख बचत संकलन, ४६ करोड १९ लाख ऋण लगानी गरी ६० करोड ३ लाख कुल कारोबार गरेको छ । संस्थाले सो अवधिमा ८१ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ भने २७ लाख ९२ हजार विभिन्न शीर्षकमा कर बुझाएको छ ।
गत आवको नाफाबाट संस्थाले सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले घरायसी, लघु, हायरपर्चेज, मुद्दती रसिद, व्यवसायिक र छोटो अवधिका लागि कर्जा लगानी गर्दै आएको छ । संस्थाले आफ्नै सुविधासम्पन्न भवनबाट सदस्यहरुलाई वित्तीय तथा विभिन्न रेमिटान्स सेवाहरु प्रदान गर्दै आएको छ । सभामा ७० वर्ष पुगेका ज्येष्ठ सदस्यलाई सम्मानपत्र, न्यानो कपडा, हिटर प्रदान गर्नुका साथै एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्राछात्रलाई देव दर्शन एक्सिलेन्स अवार्ड र आवधिक बचतकर्ता, उत्कृष्ट निक्षेपकर्ता, उत्कृष्ट व्यवसायी र खेलाडीलाई सम्मान समेत गरिएको थियो ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, खेलकूद, स्वास्थ्य शिविर, भोजन ताथ भाँडाकुडा वितरण जस्ता कार्यक्रम गर्दै आएको छ ।
चालु आव भित्र शेयरपूँजी ४ करोड, बचत संकलन ६५ करोड, ऋण लगानी ५८ करोड गरी ९ करोड ४८ लाख कुल आम्दानी गर्ने संस्थाको लक्ष्य रहेको छ ।