काठमाडौं, १६ पुस । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले चिनियाँ राष्ट्रपति सि जिनपिङले चिनको विकास गरेजस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास गर्ने दाबी गरेका छन् ।
आइतबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री महासेठले यस्तो बताएका हुन् ।
महासेठले आफूले भ्रष्टाचार गरेको प्रमाणित गरेर देखाउन चुनौति दिएका छन् । महासेठले उनीमाथि लागेको भ्रष्टाचारको आरोपको खण्डन गरेका हुन् ।
मन्त्री भएपछि विभिन्न काम गर्ने शिलशिलामा कमिसन खाने गरेको आरोपको जवाफ दिदै महासेठले प्रमाण देखाउन चुनौति दिए । उनले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए आत्महत्या गर्नेसम्मको कुरा गरे ।
उनले पछिल्लो समय सबै मन्त्रीहरु रातदिन काममा जुटेको पनि दावी गरे । अबको चार वर्षभित्र नेपालको मुहार परिवर्नत गरेरै छाड्ने उनको जिकिर छ । १० महिनामै देशको मुहार नफेरिने उनले तर्क गरे ।