Logo

प्रधानमन्त्री ओलीद्धारा बालबालिकासँग अन्तरक्रिया (फोटोफिचर)



काठमाडौं, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकासँग अन्तरक्रिया गरेका छन्। प्रधानमन्त्री ओली मंगलबार दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ नामक अन्तरक्रिया कार्यक्रममा सहभागी भएका हुन्।

त्यस क्रममा प्रधानमन्त्रीले नयाँ पुस्ता धरै ‘ट्यालेन्ट’ रहेको बताए। नयाँ पुस्ता फेल, असफल, नालायक र अयोग्य नरहेको प्रतिक्रिया दिएका हुन्। उनले विद्यमान शिक्षा प्रणालीमा सुधार गर्दै बालबालिकालाई हतोत्साही हुन नदिने प्रतिवद्धता व्यक्त गरे।

प्रधानमन्त्री ओलीले बालप्रतिभालाई प्रकट हुनै नदिने विद्यमान शिक्षा प्रणाली रहेको उल्लेख गर्दै त्यसमा क्रममा सुधार गर्दै लैजाने योजना बालबालिकालाई सुनाए।

विभिन्न देशमा गुम्नका लागि पनि अंग्रेजी भाषा आवश्यक भएकाले त्यसमा जोड दिनु परेको प्रधानमन्त्री ओलीको भनाई छ। प्रधानमन्त्री ओलीले सबै बालबालिकालाई सहज रुपमा शिक्षा दिने व्यवस्था गर्न सरकारले सामुदायिक विद्यालयहरुको गुणस्तरमा जोड दिएको स्मरण गराए।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्