Logo

सामाजिक सञ्जालमा हत्यारा भनेर रमाईलो नगर्नुहोस्ः सांसद चौधरी(फोटोफिचर)



काठमाडौं, १९ पुस । कैलाली निर्वाचन क्षेत्र नम्बर एकका सांसद रेशम चौधरीले टिकापुर घटनाको बारेमा सत्य तत्थ्य बाहिर ल्याएर आफुलाई न्याय दिन माग गरेका छन् । सिंहदरबार स्थित कृषि समितिको हलमा पथ तथा गोपनियतताको सपथ लिदै सांसद चौधरीले सरकारसँग यस्तो माग गरेका हुन ।

उनले भने,‘तीनै सुरक्षा निकायको उपस्थिति रहेको ठाउँमा टिकापुर घटना घटेको थियो, मेरो प्रगतीको आरिस थियो, कोही व्यक्तिगत रुपमा रिस फर्ने चाहन्छन्, अदालतले दोषीलाई उन्मुक्ति दिनु हुँदैन, मैले कहिले भनेर दोषिलाई सफाई हुनुपर्छ भनेर, मलाई चोरीको मुद्धा लागेको छ, मेरो देशको सबै भन्दा सानो उमेरमा गोरखा दक्षिण बाहु प्राप्त गरेको व्यक्ति हुँ, बहुुमुखि प्रतिभा पुरस्कारबाट सम्मानित भएको मानिस हुँ ।’

संद्दीयता कार्यान्वयनको चरणमा रहेको बताउँदै सांसद चौधरीले भने,‘टिकापुर मुलुकको अभिन्न अंग हो, सुदुरपश्चिम प्रदेशमा पर्छ, अब हामीले तँ तँ र म भनेर प्रदेश अनि देश बन्दैन, टिकापुर घटनालाई सामाजिक सञ्जालमा उडाउने विषय नबनाउनुहोस् म आग्रह गर्न चाहन्छु, झुटा मुद्धा लगाएर हाम्रो समाजका धेरै मानिसहरु जेलमा छन्, प्रवासमा छन्, हामीमाथि आच पुर्याउने काम भएको छ ।’

उनले भने,‘टिकापुर घटना हुँदा म बर्दियामा थिए, लक्ष्मण थारु दाङमा हुनुहुन्थ्यो, भदौ ३ गतेको दिनमा भएको घटनालाई आधार मानेर म काठमाडौ आए, त्यसपछि म धनगढि गए, ६ गते म बर्दिया छु, सामाजिक सञ्जालमा मलाई भनिदैछ हत्यारा ! तर सामाजिक सञ्जालमा रमाउनेहरुको लागि यो शब्द रमाईलो लाग्ला तर टिकापुर उजाड बनेको देख्ने र दुखेको देख्ने हामी जस्ता मानिसहरुको लागि जायज छैन, बजारका मानिस गाउँ जान डराउछन्, गाउँका मानिस बजार आउन डराउछन्, टिकापुरको सयौ विघा जमिन बाँझो छ, यसका बारेमा सरकारले जवाफ दिने कि नदिने ?’

सभामुख कृष्ण बहादुर महराले सपथ खुवाए लगत्तै सञ्चारकर्मीसँगको कुराकानिमा चौधरीले भने,‘हाम्रै कानूनले भन्छ एक वर्षभन्दा बढि पूर्वपक्षका लागि राख्न पाईदैन, तर हामीलाई तीन वर्षदेखि पुर्पक्षका लागि राखिएको छ, हामीलाई दोषी भए प्रमाणित गरिदिनुहोस्, कि न्याय दिनुहोस्, राजनीतिक कुर्चीमा बसेर टेबल छलफल मिलान सजिलो होला तर भाडिएको गाउँको एकता मिलाउन गाह्रो हुन्छ, म त्यहि गाउँबाट आएको मानिस हुँ ।’ फोटो÷भिडियोः मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्