Logo

मन्त्री अधिकारीलाई जोगाउन ओली-प्रचण्डबीच भेटवार्ता



काठमाडौं, २० पुस । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज विहान आकस्मिक भेटवार्ता भयो । तर, यो भेटवार्ता राजनीतिक भन्दापनि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई जोगाउनको लागि केन्द्रित रहेको थियो ।

वाईडबडी घोटालामा मुछिएका मन्त्री अधिकारीलाई पार्टीभित्रैबाट तत्काल बर्खास्त गर्नुपर्ने चर्को आवाज उठिरहेको बेला अध्यक्षद्धयबीच आज अधिकारीलाई बचाउनेबारे छलफल भएको उच्च स्रोतको दाबी छ । मन्त्री अधिकारीलाई बर्खास्त गरेर सरकारविरुद्ध नै नराम्रो सन्देश प्रवाह हुने डर प्रधानमन्त्री केपी शर्मा ओलीलाई छ । त्यसैले उनले यसबारेमा साझा धारणा तय गर्न र र जसरी भएपनि अधिकारीलाई बचाउन जुक्ति निकाल्न अर्का अध्यक्ष प्रचण्डसँग सल्लाह गरेका छन् ।

हिजो बिहीबार सरकारले संसदको सार्वजनिक लेखा समितिको उपसमितिले वाइड बडी खरिदमा ४ अर्ब ३५ करोड अनियमितता भएको भन्दै दिएको प्रतिवेदनलाई त्रुटीपूर्ण भन्दै वाइड बडी खरिदको छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन आयोग बनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्