Logo

‘नेपाल भ्रमण वर्ष-२०२०’ मूल आयोजक समितिको बैठक, के-के निर्णय गर्यो ?



काठमाडौं, २० पुस । ‘नेपाल भ्रमण वर्ष-२०२०’ मूल आयोजक समितिले नेपाल भ्रमण वर्षको कार्यक्रम तत्काल निर्माण गरी कार्यान्वयनमा लैजान उपसमितिलाई निर्देशन दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा शुक्रबार बसेको ‘नेपाल भ्रमण वर्ष-२०२०’ मूल आयोजक समितिको बैठकले भ्रमण वर्षको कार्यक्रम तत्काल निर्माण गरी कार्यान्वयनमा लैजान उपसमितिलाई निर्देशन दिएको हो।

सिंहदरबारमा बसेको समितिको दोस्रो बैठकले सो कार्यक्रम सञ्चालन कार्य्विधि तयारी पारी मन्त्रिपरिषद् बैठकमा पेश गर्ने निर्णय पनि गरेको समितिका सदस्य सचिव एवम् नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए।

त्यस्तै आजको बैठकले ‘नेपाल भ्रमण वर्ष-२०२०’ लाई सफल बनाउन प्रदेशमा पनि पर्यटन मन्त्रीको अध्यक्षतामा समिति बनाउने निर्णय पनि गरेको छ। सरकारले सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष-२०२० मनाउने घोषणा गरेको हो।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्