Logo

५७ औँ वार्षिकोत्सम बनाएको कान्ति अस्पतालको कन्त विजोग



पुष २२, काठमाण्डौ । नेपालको कान्ति बाल अस्पताल एकमात्र केन्द्रीय बाल अस्पताल हो । सरकारले पर्याप्त ध्यान दिन नसक्दा यो अस्पताल व्यवस्थित बन्न सकेको छैन । स्थापना भएको ५७ वर्ष भइसक्दा पनि समस्या यथावत नै छन् ।

आमा कान्ति राज्यलक्ष्मीदेवी शाहको नामबाट तत्कालीन राजा महेन्द्रले वि.सं २२ पुस ०१९ तदनुसार जनवरी ७ सन् १९६३ मा विधिवत् उद्घघाटन गरेर तत्कालीन सोभियत संघ सरकारको सहयोगमा कान्ति बाल अस्पताल स्थापना भएको हो । आइतबार कान्ति बाल अस्पतालले ५७ औं बार्षिकत्सव मनाएको छ । तर यस अस्पताल अझैपनि व्यवस्थीत बन्न सकेको छैन । कान्ति बाल अस्पताल काठमाडौंको महाराजगन्जमा करिब छ रोपनी क्षेत्रफल भित्र अवस्थित छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कान्ति बाल अस्पताल विकास समिति अन्तर्गत सञ्चालित यस अस्पतालमा नेपाल सरकारको दरबन्दीतर्फ र विकास समितितर्फ स्थायी तथा अस्थाई गरी कर्मचारीमध्ये डाक्टर र नर्सको दरबन्दी छ । तर अस्पतालमा दरबन्दी पनि अहिले खाली गरेको छ । कान्ति बाल अस्पतालमा बेड, आइसियूलगायतका सामानहरुको पनि अभावले दैनिक विरामीहरु फर्केर जाने गरेका छन् । अस्पताल वरपर पनि फोहोर जताततै फैलिएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा. गणेश राईका अनुसार यस अस्पतालमा जनशतिm, व्यवस्थापन लगायत समस्याका बारेमा स्वास्थ्य मन्त्रालयमा जानकारी गराउँदा पनि समस्या समाधान हुन सकेको छैन । बजेट पनि पर्याप्त नदिइएको निर्देशक राईको गुनासो छ ।

स्वास्थ्य जनसंख्या तथा वातावरण राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादवले भने कान्ति बाल अस्पताललाई आफनो कार्यकालमा भरपूर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । राज्यमन्त्री राईmले अहिलेसम्म पनि धेरै अस्पतालमा आवश्यक पर्ने जनशतिmहरु, सामानहरु पठाउन नसकेको स्वीकार गर्दै कान्तिलाई व्यवस्थित बनाउने आश्वासन दिनुभयो ।

सोभियत सहायताअन्तर्गत स्थापना भएकाले सुरूका दुई वर्षसम्म यो अस्पताल सञ्चालनमा सोभियत चिकित्सक, नर्स तथा अन्य प्राविधिकबाट सेवा प्राप्त भएको थियो । जनरल अस्पतालको रूपमा स्थापना भएकाले सुरूका ७–८ वर्षसम्म यस अस्पतालले सबै उमेर समूहका बिरामीलाई स्वास्थ्य सेवा प्रदान र्गयो ।

पछि देशभरका बालबालिकालाई आधारभूतदेखि विशिष्टसम्मका सबै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप ०२७ साउन तदनुसार सन १९७० को जुलाईदेखि वीर अस्पतालभित्रको बालरोग विभाग औपचारिक रूपमा यस अस्पतालमा स्थानान्तरण भएदेखि स्थापनाकालको ५० शय्याको कान्ति अस्पताल १५० शय्याको कान्ति बाल अस्पतालमा परिणत भएको थियो । हाल देशको कुल जनसङ्ख्यामध्ये करिब ४१ प्रतिशत भाग ओगट्ने १४ वर्षमुनिका बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गर्ने ३ सय पचास शैय्या क्षमता छ ।



प्रतिक्रिया दिनुहोस्