पुष २४, काठमाण्डौ । संघीय चुनावमा कांग्रेसका अधिकारिक उमेदवार बिरुद्ध बागी अर्थात विद्रोही उम्मेदवारी दिएका गोविन्द राज जोशी तथा निजका समर्थक, प्रस्तावक नेपाली कांग्रेसका साधारण सदस्य समेत नरहने गरि नेपाली कांग्रेसले कारबाही गरेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले मङ्गलवार जारी गरेको पत्र च.न १४४ अनुसार जोशी लगाएतलाई कारबाही गरेको जनाएको छ ।
बागी उम्मेदवारी दिँदा जोशीको समर्थक हरिशरण पण्डित र प्रस्तावक रामदेव पन्त थिए । पण्डित र पन्त पनि कारबाहीमा परेको तनहुँका कांग्रेस कोषाध्यक्ष रेशम गुरुङले जानकारी दिए ।
गत वर्ष सम्पन्न चुनावमा तनहुँ क्षेत्र नम्बर एकबाट उठेका आधिकाकि उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए । भ्रष्टाचारको अभियोगमा जोशीको मुद्धा विचाराधिन नै रहेकाले उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो ।
जोशीलाई विषेश अदालतले २०६९ साल साउन १० गते भ्रष्टाचार मुद्दामा दोषि ठहर गरेको थियो । विषेशको फैसला विरुद्ध जोशीले सर्वोंच्च अदालतमा पुनरावेदन दिएका छन् । सर्वोच्चमा जोशीको मुद्धा विचाराधिन छ ।
जोशी विगतमा गृह र शिक्षा, जलस्रोत, खेलकूदलगायत मन्त्री भइसकेका थिए भने कांग्रेसको सहमहामन्त्री पनि बनेका थिए । हाल जोशी महासमिति सदस्य रहेको गुरुङले जानकारी दिए ।
२०४८ सालमा पार्टीले ३ नम्बर क्षेत्रको चुनाव दिएको थियो । तिर जोशीले तीन नम्बरमा चुनाव हार्ने डरले २ नम्बरमा टिकट पाएका पदमबहादुर आलेलाई फकाएर आफूले २ नम्बरबाट चुनाव लडेका थिए । त्यसबेलादेखि नै जोशी चतुर र जुनससुकैबेला जसलाई पनि फसाउन सक्ने व्यक्तिको रुपमा लिइन्थ्यो ।
कार्यसम्पादन समितिले ३ नम्बरमा चुनाव लड्न टिकट दिए पनि २ नम्बरमा जित सुनिश्चित भएपछि उनले चतुर्याई गरेका थिए ।