Logo

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दास्रो सिनेट बैठक सम्पन्न



काठमाडौं, २४ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दास्रो सिनेट बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको वर्षिक बजेट तथा कार्यक्रम स्विकृत गरेको छ।

सिनेटले प्रतिष्ठानका लागि २२ करोड २२ लाखको कार्यक्रम तथा बजेट स्विकृत गरेको हो। प्रतिष्ठानले आर्थिक वर्ष २०७५/०७६ का लागि एक अर्ब ९२ करोड ७९ लाख ५५ हजारको बजेट तथा कार्यक्रम प्रस्तुत गरेको थियो।

उक्त प्रस्तावमाथि भएको छलफलपछि बैठकले २२ करोड २२ लाखको बजेट तथा कार्यक्रम स्विकृत गर्दै एक अर्ब ७९ करोड ९ लाख ५५ हजारको पुँजीगत अनुदानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ।

बैठकमा प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले प्रतिष्ठानले एक सय दिन नपुग्दै दक्ष जनशक्ति, आधुनिक उपकरण र सेवा क्षेत्र व्यवस्थापनमा उल्लेख्य कार्य गरेको बताइन्।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्

Screenshot