Logo

न्यायका लागि संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई भेट्दै गंगामाया



काठमाडौं २५ पुस । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि संघर्षरत गंगामायाले आफ्नै देश भित्र न्याय नपाएपछि अन्तर्राष्ट्रिय समर्थन जुटाउन संयुक्त राष्ट्र संघका लागि नेपालस्थित आवासीय संयोजक भ्यालेरी जुलियाण्डलाई भेट्ने भएकी छिन्।

सरकारले न्याय नदिए अन्तर्राष्ट्रिय अदालत जाने पटकपटक चेतावनी दिदै आएकी गंगामायाले आज पुलचोकस्थित संयुक्त राष्ट्रसंघकै कार्यालयमा पुगेर जुलियान्डलाई भेटेर आफ्नो न्यायका लागि सहयोग गरिदन आग्रह गर्ने भएकी छन्। उनका समर्थकहरुका अनुसार उक्त भेटमा गंगामायाका कानूनी सल्लाहकार पनि साथमा रहने छन्।



प्रतिक्रिया दिनुहोस्