Logo

भुमिका श्रेष्ठको किताब ‘भुुमिका’ बिमोचन



काठमाडौं, २७ पुस । तेस्रो लिंगिको पहिलो आत्मकथा राजधानीको कुन्ज थिएटरमा आज लोकार्पण भएको छ । भुमिका श्रेष्ठको आत्मकथा भुुमिका एक समारोहविच कलाकार रमेश उप्रेती , नायीका रेखा थापा, पूर्व मिस नेपाल मल्भिका सुब्बाले विमोचन गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै लेखन कुन्जका अध्यक्ष कमल ढकालले हरेक मान्छेलाई किताबमा बदल्ने अभियानको पछिल्लो कडिको रुपमा भुमिका श्रेष्ठको आत्मकथा आएको बताउनुभयो । भन्नुभयो तेस्रो लिंिगलाई बुुझने माध्यमको रुपमा यो किताब माईलस्टोन हुनेमा आशावादी ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नीलहिरा समाजको अध्यक्ष पिंकि गुरुगले नेपालमा आफुहरुलाई अझै अपहेलित र तल्लो दर्जाको रुपमा हेरिएकोमा रोष ब्यक्त गर्दै यो किताबका माध्यमबाट त्यो कुरा चिरिने बताउनुभयो ।

कार्यक्रममा समिक्षात्मक टिपणि राख्दै साहित्यकार तथा पत्रकार अश्विनी कोईरालाले पुस्तकले धर्मका कुरा देखि ल्याएर विकास र साहित्यमा जोडेकोमा खुशी ब्यक्त गर्दै पुुस्तकको सफलताको शुुभकामना ब्यक्त गर्नुभयो ।

कलाकार रेखा थापाले भुमिकालाई आफुले भुुमिकालाई पहिलेदेखि चिनेको तर आज किताबको रुपमा र लेखिकाको रुपमा चिन्न पाउदा गर्व लागेको बताउनुभयो । स्टेजमा रहेको भुमिकाको आमालाई देखाउदै आमाले छोरी जन्माएको तर उ हिरो भएको बताउनुभयो ।

कलाकार रमेश उप्रेतीले किताबले मानवीय जनजीवनको महत्वपुर्ण पाटो समेटेको बताउनुभयो ।

लेखक भुमिकाले आफुहरुलाई छोरीको रुपमा हेर्न सामुुहिक आग्रह गदै आफु छोरी भएकोमा गर्व लागेको बताउनुभयो ।

पुुर्व मिस नेपाल माल्भिका सुुब्बाले भुमिकाले भुमिकाको रुपमा नागरिकता पाएको दिन अझ खुशी लाग्ने बताउनु भयो ।



प्रतिक्रिया दिनुहोस्