Logo

मन्त्री यादवको आरोप : गगन थापाले उक्साएर केसी अनशन बसे



काठमाडौं, २९ पुस । स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादवले कांग्रेस नेता गगन थापाले उक्साएका कारण डा. गोविन्द केसी अनसन बसेको आरोप लगाएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम “जनता जान्न चाहन्छन्” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले यस्तो आरोप लगाएका हुन् । अनसन बस्ने सोच नराखेका केसीलाई नेता थापाले उक्साएर अनसन बसाएको दावी गरेका हुन् ।

त्यस्तै थापालाई पनि विभिन्न आइएनजिओले उकासेको यादवको आरोप छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा केसीको माग समेटिएको भएपनि थापाले गलत भूमिका खेलेको यादवले जिकिर गरे । थापाले पछिल्लो समय केसीको नाममा राजनीतिक गरेको यादवको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot