Logo

कांग्रेसले छाया सरकारका मन्त्री भेटेन



काठमडौं ३० पुस । सरकारको निगरानी गर्न कांगे्रसले गठन गर्न लागेको छाया सरकारमा मन्त्री बन्न सांसदले उत्साहजनक सहभागिता देखाएका छैनन् । रुचि भएका तीन वटा मन्त्रालयको नाम मागेको ६ दिन हुँदासमेत ६३ मध्ये १० सांसदले मात्रै नाम टिपाएका छन् । सांसदलाई नाम टिपाउन कांग्रेसले एक हप्ताको समय दिएको थियो ।संसदीय दलको २४ पुसको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको काम–कारबाही नजिकबाट निगरानी गर्न छाया सरकार गठन गर्ने निर्यण गर्दै नाम टिपाउन सांसदलाई आग्रह गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot