Logo

ओली सिध्याउन प्रचण्ड-नेपालको नयाँ मोर्चाबन्दी, खनाल-गौतमको पनि साथ !



काठमाडौं, ३० पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोर्चाबन्दी सुरु गरेका छन् ।

पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाल र अर्का नेता झलनाथ खनालको साथ लिएर प्रचण्डले ओलीविरुद्ध महाधिवेशन लक्षित मोर्चाबन्दी कसेका हुन् ।

स्रोतका अनुसार आगामी पार्टीको एकता महाधिवेशनमा ओलीलाई कुनैपनि हालतमा परास्त गर्ने रणनीतिका साथ प्रचण्ड, नेपाल र खनालले नयाँ मोर्चाबन्दी कसेका हुन् ।

नेतात्रयलाई अर्का नेता वामदेव गौतमलेपनि दरिलो साथ दिएका छन् । पछिल्लो समय अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग बिच्किएका नेता गौतम कुनैपनि हालतमा ओलीलाई पार्टीभित्र कमजोर बनाउने पक्षमा छन् ।

दोस्रो तहका नेताहरु योगेश भट्टराई, घनश्याम भुषाल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्रीलगायतका नेताहरु लागिपरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्