Logo

ओलीविरुद्ध पौडेलको आकस्मिक पत्रकार सम्मेलन, दिए यस्तो चेतावनी



काँग्रेसको अस्तित्वमाथि प्रहार गर्ने निर्णय नसच्याए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी
काठमाडौं, ३० पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार सबै मोर्चामा असफल भएको आरोप लगाएका छन् ।

सोमबार अपरान्ह सिंहदरबारस्थित् कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर नेता पौडेलले यस्तो आरोप लगाएका हुन् । सरकारले तनहुँको बेलौरी चौतारीमा रहेको गिरिजाप्रसाद कोइराला श्वाँसप्रश्वास अस्पताल र बाँकेमा रहेको सुशील कोइराला क्यान्सर अस्पताल खारेज गर्ने अन्तिम तयारी गरेको भन्दै उनले कडा आपत्ति जनाए ।

नेता पौडेलले भने,‘स्वास्थ्य मन्त्रालयले दुवै अस्पताल खारेज गर्ने अन्तिम तयारी गरेको हामीलाई जानकारी आएको छ । यो निर्णयलाई प्रधानमन्त्री ओलीले तत्काल सच्याउनुपर्छ । निर्णयमा पुनविचार गरोस् । यो नेपाली काँग्रेसको अस्तित्वमाथिको प्रहार हो ।’

पौडेलले वाइडबडी प्रकरणमा सभापति देउवाले आफ्नो संलग्नता नरहेको बताइसकेको भन्दै यसको छानविनमा जोसुकै दोषी भएपनि कारवाही हुनुपर्ने बताए । उनले भने,‘वाईडबडी खरिद प्रकरणमा म दोषी छैन भनेर देउवाजीले भन्नुभएको छ । न्यायिक समितिको प्रतिवेदन आएपछि सबै कुरा थाहा हुन्छ ।’

त्यस्तै उनले कांग्रेसले छायाँ सरकार गठन गर्न लागेको खुशी व्यक्त गर्दै यो समयको आवश्यकत्ता रहेको सुनाए । उनले भने,‘कांग्रेस अब सशक्त भएर जानुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot