Logo

नेतृत्वमाथि प्रश्न : नेपाल विद्यार्थी संघमा भाँडभैलो कहिलेसम्म ?



पुष ३०, काठमाण्डौ । पुष २८ गते उद्घाटन हुनुपर्ने नेपाल विद्यार्थी संघको महाधिवेशन सुरु नै हुन सकेन । निर्धारित समयावधीभित्र मात्रै होइन, दुई पटकसम्म तोकिएको मितिमा संघको वर्तमान नेतृत्व महाधिवेशन गर्न असफल भयो ।

पछिल्लो समय पदाधिकारीसहित केन्द्रिय सदस्यहरुले धमाधम राजिनामा दिन थालेपछि नेविसंघ झन संकटमा फसेको छ ।

नेपाल विद्यार्थी संघका निर्वाचित ४५ सदस्यले राजीनामा दिए । माघ २ सम्म पदावधि रहेको वर्तमान कार्यसमितिले १२औं महाधिवेसन समयमा गर्न नसकेको भन्दै सदस्यहरुले राजीनामा बुझाएका हुन् । यसअघि नै सात जना पदाधिकारीले राजिनामा बुझाईसकेका थिए ।

नेविसंघको विधानअनुसार राजीनामा संघका अध्यक्षलाई बुझाउनुपर्ने भएपनि केन्द्रिय सदस्यहरुले वरिष्ठ नेता रामचन्द्र पौडेललाई र पदाधिकारीहरुले पार्टी सभापति शेर बहादुर देउवालाई राजीनामा बुझाएका थिए । राजिनामा दिनेमध्येका वरिष्ठ उपाध्यक्ष पुष्प शाहीले आफूहरुले महाधिवेशन समयमा नै गर्न नसकेकाले नैतिकताका आधारमा राजिनामा दिएको बताउनुभयो । आफूहरुको राजिनामाले समस्याको गाँठो फुक्ने शाहीको विश्वास छ ।

यता नेवि संघका तल्लो तहका विद्यार्थीहरुले भने नेतृत्वमा बस्नेहरुले राजिनामा दिएर जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाएका छन् ।

संगठन नेतृत्वकै कमजोरीका कारण महाधिवेशन समयसिमाभित्र सम्पन्न नभएको भन्दै सवैको उत्तिकै दोष भएको बताउँनुहुन्छ नेविसंघका केन्द्रिय सदस्य सुशिल भट्ट । गोजीबाट झिकेर स्वार्थका आधारमा नेविसंघको नेतृत्व दिन खोजिएको भट्टको आरोप छ ।

११औँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित नैनसिंह महरको नेतृत्वको कार्यसमितिको दुइबर्षेको म्याद गत भदौ ३ गते सकिएको थियो ।

१२औं महाधिवेशन गराउनकै लागि सुरुमा महर नेतृत्वको कार्यसमितिलाई तीन महिना थप पनि गरियो । यही पुष २८ गतेदेखि ३ दिन नेविसंघको १४ औं महाधिवेशनको मिती तोकिएकोमा अहिलेसम्म देशका १४ जिल्लामा मात्र महाधिवेशन सकिएको छ । यो संगै नेविसंघले अवको नेविसंघ के हुन्छ भन्नेमा अन्यौल छाएको छ ।



प्रतिक्रिया दिनुहोस्