Logo

कांग्रेस नेताको नाममा स्थापित अस्पतालमाथि सरकारले अन्याय गरेकोप्रति प्रदिप पौडेलको अपत्ति



पुष ३०, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले जि पि कोईराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताल लाई सङ्घिय सरकारको मातहतका अस्पतालको सुचिबाट हटाउने निर्णय गरकोप्रती गम्भीर आपत्ति जनाएका छन् ।

तनहुँ क्षेत्र नम्बर २ का नेता पौडेलले तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ स्थित नेपालकै एकमात्र स्वासप्रस्वास उपचार केन्द्र जिपी कोईराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताललाई सङ्घिय सरकारको मातहतका अस्पतालको सुचिबाट हटाउने निर्णय गलत भएको बताएका छन् ।

“२५० रोपनी भन्दा बढि जग्गा रहेको विगत ५ वर्ष देखि पुर्व सरकारले नियमित रूपमा अस्पतालको वृद्धि विकासका लागि लगानी गर्दै आएको र नेपाल अधिराज्य भर स्वासप्रस्वास उपचारको छुट्टै र विशेष अस्पताल नभएको परिस्थितिमा र पुर्वधार निर्माणकार्य को डि. पि .आर समेत तयार भैसकेको अस्पताललाइ यसरी हटाउने निर्णय गरि, आम शुक्लागण्डकि नगरपालिका, क्षेत्र, जिल्ला, प्रदेश र राष्ट्रकै गरिमा माथि आच आउने अलोकतान्त्रिक निर्णय गरेकोमा घोर आपति प्रकट गर्दछु ।” पौडेलद्धारा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गैरकम्निष्ट नेताको नामबाट सन्चालित अस्पताल भएकै कारण सुचिबाट हटाइएको पौडेलको आरोप छ । दुवै अस्पताल कांग्रेस नेताद्धय स्व. गिरिजाप्रसाद कोइराला र स्व. सुशील कोइरालाको नामबाट स्थापना गरिएको थियो ।

“नेपालको हरेक परिवर्तनको हस्ति, लोकतान्त्रिक आन्दोलन का अगुवाहरूको देन र बलिदानलाई अपहेलना गर्ने र उनीहरूको योगदानलाई समेत वेवास्ता गर्ने जुन खालको निन्दनीय निर्णय भएको छ, सरकारले उक्त निर्णयलाई फिर्ता लिइ निर्णय सच्चाइ जि पि कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्र र सुशील कोइराला क्यान्सर अस्पताल लाइ तत्काल सङ्घिय सरकारको मातहतमा राखि प्राथमिकताका साथ अगाडि बढाउन माग गर्दछु ।” विज्ञप्तिमा भनिएको छ ।

निर्णय नसच्याएको अवस्थामा आइपर्ने परिस्थितीको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी पनि पौडेलले दिएका छन् ।

यस विषयमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आपत्ति जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्