Logo

राससकर्मी रेग्मी नगद २५ हजारसहित सम्मानित



काठमाडौँ, १ माघ । राष्ट्रिय समाचार समितिका पत्रकार अच्युत रेग्मी सम्मानित भएका छन् । नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट (नाट्टा)को ५२ औँ वार्षिक साधारण सभाको अवसरमा पत्रकार रेग्मीलाई नगद रु २५ हजारसहित सम्मान गरिएको हो ।

उहाँलाई नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्मान गरेका हुन् । नेपालको पर्यटन क्षेत्रको विकासका लागि निरन्तर पत्रकारितामार्फत कलम चलाएको भन्दै उनलाई सम्मान गरिएको हो ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्