काठमाडौँ,२ माघ । थाइल्याण्डमा जारी टी–२० महिला स्म्याश क्रिकेटमा नेपाली महिला टोली समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डको ‘ए’लाई ९ विकेटले पराजित गरेको हो । थाइल्याण्डले दिएको २० रनको लक्ष्य नेपालले ३ दशमलब ३ ओभरमा १ मात्र विकेट गुमाएर पूरा गरेको थियो ।
नेपालको जितमा नेरी थापा ५ तथा डोली भट्ट २ रनमा नट आउट भएका थिए । यस्तै ममता कुमारी चौधरी ८ रन बनाएर आउट भइन् ।टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै १९ रन बनाएको हो ।
सेमिफाइनलमा स्थान बनाइसकेको नेपालले थाइल्याण्डलाई १९ रनमा रोक्दा नेपाली बलरहरु आरती विडारीले ३ तथा इन्दु बर्मा र सरिता मगरले दुई–दुई विकेट लिँदा रुबिना क्षेत्री, सीता राना मगर र सोनु खड्काले एक–एक विकेट लिए ।