Logo

झापा पुगेर सिटौलाले एकसाथ ओली र देउवाको आलोचना गरे



झापा, २ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको बताएका छन् ।

बुधबार भद्रपुरमा पत्रकारसँग कुरा गर्दै नेता सिटौला बहुमत पाएको बलियो वर्तमान सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको विचार व्यक्त गरेका हुन् । “दुई तिहाइको सरकार आएपछि जनतामा ठूलो आशा जागेको थियो ।” प्रतिपक्षमा रहेको कांग्रेसले पनि गतिलो भूमिका निर्वाह गर्न नसकेको उनको आरोप छ ।

वाइडबडी विमान घोटालाका विषयमा कांग्रेसको महासमिति भेलाले दोषीलाई कारवाही गर्नुपर्ने आधिकारिक धारणा प्रस्तावका रूपमा पारित गरेकोसमेत नेता सिटौलाले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot