Logo

प्रधानमन्त्रीको भ्रमण नेपाललाई चिनाउने ठुलो अवसरः अध्यक्ष शर्मा



काठमाडौँ,४ माघ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रधानमन्त्री ओली यसरी सम्मेलनमा भाग लिन जानु नेपालको लागि अवसरको विषय भएको बताएका छन । उनले डाबस सम्मेलनमा धेरै लगानीकर्तालाई आकर्षण गर्न प्रधानमन्त्री लाग्नुपर्ने सुझाव दिए ।

प्रधानमन्त्री ओलीको भ्रमणको पूर्व सन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै शर्माले भने,‘यो नेपाललाई चिनाउने अर्को ठूलो अवसर हो । प्रधानमन्त्री यो फोरममा गएर बोल्दा नेपालमा धेरै लगानीकर्ता आकर्षण गर्न सक्नुपर्छ ।’सम्मेलन राजनीतिक कुरा गर्ने थलो नभएर आर्थिक छलफल गर्ने थलो भएकाले जतिसक्दो धेरै लगानी मुलुकमा भित्र्याउने बाटोमा लाग्नुपर्ने उल्लेख पनि शर्माले धारणा राखे ।

लगानी भित्र्याउनका लागि चाहिने आवश्यक ऐन कानुनलाई परिमार्जन गर्नुपर्ने उनको भनाई थियो । शर्माले नेपालमा लगानीयोग्य वातावरण बनाउँछौं भनेर विश्वस्त तुलाउनुपर्ने धारणा राखे । अन्तर्राष्ट्रिय रुपमा नेपालको छबि घट्दै गएको सुनाउँदै उनले प्रधानमन्त्रीको यो भ्रमणले करेक्शन गर्ने अवसर भएको पनि प्रतिक्रिया दिए । उनले भने,‘समय र अवसरको पूर्ण सदुपयोग हुनुपर्दछ ।’भ्रमणमा निजी क्षेत्रका आफूहरुजस्ता केही व्यक्तिलाई सहभागी गराएको भए राम्रो हुनेथियो भन्ने उनको धारणा छ । उनले भने,‘अब नेपाल लगानीमैत्री वातावरण बनाउनेगरि काुन तथा निर्देशिका बनाउनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot