माघ ४, काठमाण्डौ । खोज पत्रकारिता केन्द्रले विदेशमा अवैध लगानी गर्ने र पेैसा थुपार्ने नेपालीहरुको नाम सहितको समाचार प्रकाशन गरेपछि यसले चौतर्फी तरङ्ग पैदा भएको छ । यसप्रकारको लगानीलाई अवैध मानिन्छ ।
यस्तो प्रवृत्तिले नेपालको कानुनी नै बदनाम हुने भन्दै कतिपयले चिन्ता व्यक्त गरेका छन् ।
अन्तराट्रिय खोज पत्रकारहरुसँगको समन्वयनमा प्रकाशन गरिएको प्रतिवेदनमा नेपालका ५५ जनाले विभिन्न देशमा लगानी गरेको दावी गरिएको छ । अन्तराष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे) ले उपलब्ध गराएको विवरण र खोज पत्रकारिता केन्द्र नेपाल (खोपके) ले गरेको अनुसन्धानले ५५ जना नेपालीले विदेशमा लगानी गरेको फेला परेको हो ।
नेपालका बरिष्ठ आठ जना पत्रकारको सक्रियता तयार पारिएको प्रतिवेदनको सत्यतामाथि पनि प्रश्न उठेको छ । तर खोज पत्रकारिता केन्द्रले भने प्रतिवेदन धेरै मिहिनेत गरेर तयार पारिएकाले आशंका नगर्न आग्रह गरेको छ । केन्द्रमा अवद्ध नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले एक वर्षको लगाएर निकालिएको नतिजा तथ्यपरक भएको दावी गर्नुभयो ।
प्रतिवेदनमा ५२ अर्ब रुपैयाँ स्वीस बैंकमा राखिएको दावी गरेको छ । त्यसैगरी विदेशमा अवैध रुपमा लगानी गरेको रकम एक खर्बभन्दा बढि रहेको उल्लेख गरिएको छ । यो प्रतिवेदन सार्वजनिक भएपछि अनुसन्धानको माग गर्न थालिएको छ । पूर्व अर्थ तथा परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहोनीले अवैध रुपमा विदेशमा राखिएको पैसा सरकारले खोज्नुपर्ने बताउनुभयो । वर्तमान सरकार सम्पत्ति शुद्धिकरण अभियानमा असफल भएको पनि लोहोनीको आरोप छ ।
विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन– २०२१ अनुसार विदेशमा लगानी गरे जेल सजायसम्म हुने व्यवस्था छ । यो कानून नेपालभित्र वा बाहिर जहाँसुकै रहे बसेका नेपाली नागरिक र नेपालभित्र स्थापित भएको सङ्गठित संस्थाहरूलाई लागू हुन उल्लेख रहेको छ ।
तस्विर : हाम्रो सन्देश डटकम