Logo

राजपाको संयोजकमा यादव, सहिद कोष निर्माण गर्ने निर्णय



काठमाडौं, ५ माघ । राजपा नेपालको आज बसेको अध्यक्षमण्डलको बैठकले अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवलाई संयोजकको जिम्मेवारी दिएको छ ।

चक्रिय प्रणालीअनुसार यादव संयोजक भएका हुन । यसअघि राजेन्द्र महतो संयोजक थिए । यसअघिका संयोजक महतोको कार्यकाल माघ ४ गते सकिएपछि शनिवार बैठक बसेर आइतवारदेखि लागु हुने गरी महेन्द्रराय यादवलाई संयोजकको जिम्मेवारी दिएको हो ।

पार्टी स्थापना भएदेखि २० महिनासम्म आपसी सहमतिमा महन्थ ठाकुर संयोजक थिए । महेन्द्र राय यादवको कार्यकाल चैत ४ गते सकिनेछ ।

आजको बैठकले पार्टीमा सहिद कोष निर्माण गर्ने निर्णय गरेको छ । सहिदको सम्मान तथा उसका परिवारको आर्थिक सहयोगका लागि राजपा नेपालल कोष स्थापना गर्ने निर्णय गरेको हो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्