Logo

घरमै बच्चा जन्माउने महिलाको संख्या ३४ प्रतिशत



काठमाडौ, ६ माघ । जनचेतना र प्रचारप्रसार अभावमा सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन् ।स्वास्थ्य संस्थाले गत पुसलाई सुरक्षित मातृत्व महीना मनाए पनि महिलाले घरमै बच्चा जन्माउने गरेका प्रदेशका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज पाण्डयेले जानकारी गराए । प्रदेशका नौ जिल्लाका स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सो अवस्था देखिएको उनले बताए।

उनले भने, “गर्भवतीलाई सेवा दिने उद्देश्यले बथिर्ङ सेन्टर खुल्दै गएपनि ३४ प्रतिशत महिला घरमै बच्चा जन्माउँछन् ।” प्रदेशका ७३३ वडामध्ये ६५८ मा बथिर्ङ सेन्टर स्थापना भए पनि सबै महिला स्वास्थ्य संस्थामा आउन नसकेको उनको भनाई रहेको छ । प्रदेशका सबै जिल्लामा गर्भवतीलाई स्वास्थ्य संस्थामा आउन प्रोत्साह गर्ने उद्देश्यले निमन्त्रणा कार्ड पठाउने व्यवस्था गरिएको उनले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot