Logo

तिलागुफामा केएमसीको निःशुल्क स्वास्थ्य शिविर



काठमाडौं, वैशाख २२ । काठमाडौ मेडिकल कलेजको प्राविधिक सहयोगमा कालिकोटको तिलागुफा नगरपालिकामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । तिलागुफा नगरपालिकाको आयोजना र काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा विशेषज्ञ चिकित्सक सेवासहितको एक दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै विपन्न वर्गका सदस्यले स्वास्थ्य परीक्षण गराएका छन् । सांसद डा. सुनिलकुमार शर्माको नेतृत्वमा केएमसीको टोलीले सुदूरपश्चिम र कर्णाली प्रदेशको विभिन्न स्थानमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot