शरद रेग्मी : तुलसीपुर, ६ माघ । दाङको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा चिकित्सक अभाब रहेको छ । १६ जना बिशेषज्ञ चिकित्सकको दरबन्दी रहेको राप्ती प्रादेशीक अस्पतालमा अहिले ६ जना मात्रै बिषेज्ञ चिकित्सक कार्यरत रहेको अस्पतालका निमत्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले बताए ।
उनका अनुसार आफु सहित डा. जनार्दन पन्थी, डा.बिनोद सिंह, डा. मिनचन्द्र अधिकारी, डा.पदमराज अधिकारी, डा.प्रसंसा सिंह मात्रै रहेको उनको भनाई थियो । यी बाहेक १० वटा बिशेषज्ञको दरबन्दी हुँदा सेवाप्रवाहमा समस्या हुने गरेको बताए । राष्ट्रिय सभा सदस्य कोमल वलीले आईतबार उक्त अस्पतालको अनुगमण गर्ने क्रममा अस्पतालका समस्या सुनाउदै उनले यस्तो जानकारी दिए ।
अस्पतालमा भौतिक पूर्बाधारको अबस्था पनि कम्जोर रहेको बताए । दरबन्दी अनुसार चिकित्सक नहुँदा पनि अहिले अस्पतालमा सेवा प्रबाहमा केही समस्या रहेपनि सकेसम्म प्रभाबकारी सेवा प्रदान गरिरहेको समेत उनको भनाई थियो ।
अहिले १८ जना नर्सहरुको दरबन्दी रहेपनि २४ जना नर्सभएपनि त्यतिले मात्रै पनि नपुग्ने उनको भनाई छ । उनका अनुसार अहिले दैनिक दुईसय देखि तीनसय बिरामी आउने गरेको समेत उनले बताए । अब अस्पताललाई ब्यबस्थित तरिकाले अगाडि बढाउने योजना रहेको समेत उनको भनाई थियो ।
त्यसअवसरमा राष्ट्रिय सभा सदस्य कोमल वलीले दाङसहित, सल्यान,रोल्पा, रुकुम,बाँके, बर्दियालगायतबाट बिरामी आउने भएकाले यस अस्पतालमा दरबन्दी अनुसारका बिशेषज्ञ डाक्टर उपलब्ध गराउन मन्त्रालयमा प्रस्ताब राख्ने र राष्ट्रिय सभामा पनि आवाज उठाउने प्रतिबद्धता जनाईन् । साथै जनशक्तिसंगै पूर्बाधार निर्माणमा पनि पहल थाल्ने उनको भनाई थियो ।