Logo

रवि लामिछानेले गरे निकितासँग तेस्रो विवाह



काठमाडौं, ७ माघ । सञ्चारकर्मी रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेका छन् । उनीहरुले सोमबार काठमाण्डौ जिल्ला अदालतमा गएर कानुनी रुपमा विवाह दर्ता गरेका छन् ।

लामिछानेले आफ्नो फेसबुक पेजमा निकितासँगको फोटो राखेर लेखेका छन्, ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ । एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाण्डौ जिल्ला अदालतमा विवाह दर्ता गराएका छौं ।’

उनले आफन्त तथा साथीभाइहरुबाट आशिर्वाद चाहेको पनि आफ्नो फेसबुक पेजमा लेखेका छन् । अहिले अदालती रुपमा विवाह गरे पनि परम्परागत रुपमा वैशाखमा विवाह गर्ने रवि लामिछानेले बताएका छन् ।

निकिता र रवि दुवै डिभोर्सी पहिले विवाह गरेर सम्बन्ध विच्छेद गरिसकेका हुन् । रवि लामिछानेले केही समय पहिले आफ्नी पहिलो श्रीमती इशा लामिछानेसँग सम्बन्ध विच्छेद गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot