Logo

ऋषि धमलालाई प्रधानमन्त्री बनाउन गायकहरुको आग्रह (भिडियोसहित)



काठमाडौं, ७ माघ । बरिष्ठ लोक गायक कुमार बस्नेत र अहिलेका चर्चित युवा लोक गायक कुलेन्द्र विश्वकर्माले पत्रकार ऋषि धमलाको उच्च प्रशंसा गरेका छन् । प्राईम टाईम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा बोल्दै गायकद्धय बस्नेत र विश्वकर्माले पत्रकार धमलाले पत्रकारिताको माध्यमबाट देश र जनताको पक्षमा काम गरेको भन्दै प्रशंसा गरेका हुन् ।

बस्नेतले त पत्रकार धमलालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै कार्यक्रममा गीत नै गाएका थिए । उनले भने,‘बैनी कमलालाई, अब प्रधानमन्त्री बनाउनुपर्छ ऋषि धमलालाई ।’ उनले पत्रकार धमलाको भावना राम्रो भएको भन्दै निकै तारिफ गरे ।

उता विश्वकर्माले पनि धमलाबारे गीत नै गाएर सुनाए । विश्वकर्माले यसरी गाए,‘हे हे, लोक संगीतको सब पीडा खनाईदेउ, धमलालाई प्रधानमन्त्री बनाईदेउ।’



प्रतिक्रिया दिनुहोस्