काठमाडौं ८ माघ । प्रतिनिधिसभाको मंगलबारको बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी भएको छ । सोमबारको बैठक कांग्रेसले अवरुद्ध गरेपछि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । सोमबारको कार्यसूचीमा यो विधेयक पारित गर्ने भन्ने थियो ।
मंगलबार भने कांग्रेसले अवरोध गरे पनि बैठक सञ्चालन गर्ने तयारीमा सभामुख रहेको स्रोतले बताएको छ । दुवै पक्षले मंगलबारको बैठकका लागि ह्विप जारी गरेका छन् । –नागरिक दैनिकबाट