काठमाडौं, ८ माघ । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल र नेकपाबीच पार्टी एकता गर्ने विषयमा छलफल अघि बढेको छ । फोरम अध्यक्ष उपेन्द्र यादव र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकताबारे छलफल भएको उच्च स्रोतले जानकाी दिएको छ ।
उपप्रधान एवम् स्वास्थ्यमन्त्रीसमेत रहेका फोरम अध्यक्षले आफू पार्टी एकताको लागि सकारात्मक रहेको प्रतिक्रिया प्रचण्डलाई यसअघिपनि दिएका थिए । तर, पछिल्लो समय यी अध्यक्षबीच एकता गर्ने विषयमा केन्द्रित रहेर निरन्तर वार्ता भैरहेको छ ।
स्रोतका अनुसार यादवले एकताको लागि नयाँ शर्त राखेका छन् । उनले आफूलाई सह–अध्यक्ष दिनुपर्ने प्रचण्डसँग शर्त राखेका छन् । प्रचण्ड पनि यादवको शर्तप्रति सकारात्मक छन् ।