Logo

चिकित्सा शिक्षा विद्येयक जनपक्षीय छ : सभापति घर्ती



काठमाडौं, ९ माघ। शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक जनपक्षीय भएको स्पष्ट पारेकी छन् । बुधबार निजी प्राविधिक शिक्षालय, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स र सीटीईभीर्ट कर्मचारी संगठनको ज्ञापनपत्र बुझ्दै घर्तीले विद्येयक जनपक्षीय भएपनि उनले यसबारे केही भ्रम पैदा गरिएको टिप्पणी गरिन् ।

उनले सातवटै प्रदेशका विद्यार्थीले मेडिकल शिक्षा पढ्न पाउनुपर्छ भनेर चिकित्सा शिक्षा विधेयकमा आवश्यक व्यवस्था गरिएको बताइन् ।

उनले भनिन्,‘नेपाल भनेको काठमाडौं मात्र होइन, सात प्रदेश पनि हो । त्यहाँ पनि नेपाली जनता छन् । सातवटै प्रदेशकालाई पढ्न दिनुपर्छ भनेर काठमाडौंभन्दा बाहिर अलिकति ओपन गरेका छौं । स्वास्थ्य शिक्षा मौलिक अधिकारको रुपमा राखेको छ संविधानमा । अझ निःशुल्क बनाउने प्रावधान राखिएको छ । त्यसतर्फ ओरियन्टेसन गर्नका लागि हामीले १० वर्षपछि नाफामुलक र सेवामूलक बनाउने भनेर राखेका छौं ।’



प्रतिक्रिया दिनुहोस्