Logo

प्रदेश नं ३ : यातायात व्यवस्था सेवा कार्यालय प्रारम्भ



हेटौँडा, ९ माघ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश यातायात व्यवस्था सेवा कार्यालय स्थापना भई सेवा विस्तार भएपछि प्रायः सबै अधिकार प्रदेशमा आइसकेको बताउनुभएको छ ।

प्रदेश कार्यालय स्थापना भएपछिको आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “यो प्रदेश सरकारको ठूलो उपलब्धि हो ।” मुख्यमन्त्री पौडेलले यस कार्यालबाट धेरैभन्दा धेरै सेवाग्राहीले सेवा प्राप्त गर्ने विश्वास गर्नुभयो ।

सेवाग्राहीले छिटोछरितो सेवा पाउनुपर्नेतर्फ सचेत रहन कर्मचारीलाई अनुरोध गर्दै मुख्यमन्त्री पौडेलले असन्तोषका कुरा सुन्न नपर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । पौडेलले कार्यलयलाई थप व्यवस्थित बनाउँदै लैजाने र आवश्यक जनशक्ति पनि व्यवस्थापन गर्ने तथा आगामी दिनमा पनि प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस कार्यालयले ब्लू बुक नवीकरण सबै प्रकारका सवारी कर, जाँच पास जस्ता कार्य गर्ने प्रदेश ३ का यातायात कार्यालय हेटौँडाका कार्यालय प्रमुख पोषण थापाले बताउनुभयो । छिट्टै नै यातायात व्यवस्था सेवा कार्यालयले लाइसेन्स नवीकरण पनि गर्ने उहाँले बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot