Logo

‘सरकारले विधेयक पेश गरेको छ, पास हुन्छ इफ एण्ड बट छैन’



काठमाडौं, १० माघ । सञ्चारमन्त्री गोकुल बास्कोटाले  चिकित्सा शिक्षा विधेयक पास हुने स्पष्ट पारेका छन् । मन्त्री बास्कोटाले विधेयकले डा. गोविन्द केसीका मागहरु शत प्रतिशत पूरा हुने दाबी गरे ।

पछिल्लो मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले के गर्छ भन्ने प्रश्नमा सञ्चारमन्त्री बास्कोटाले अधिनायकवाद भने पनि, दुई तिहाईको दम्भ भने पनि चिकित्सा शिक्षा विधेयक पास हुने प्रष्ट पारे । उनले  भने,‘कुरा सिम्पल छ, सरकारले पेश गरेको छ, पास हुन्छ । इफ एण्ड बट छैन ।’ बास्कोटाले विधेयक फिर्ता लिने वा हुने सम्भावना नरहेको प्रष्ट पारे ।

उनले प्रस्तावित विधेयकले जनतामुखी थुप्रै व्यवस्था गरेको दाबी गरे । उनले कतै डा. केसीलाई गुमराहमा राख्न खोजिएको त छैन भन्ने प्रश्न गरेका छन् । उनले भने, ‘यो विधेयक डाक्टरसा’बले पढ्न पाउनु भएको त छ ? अर्कै पढ्न दिइएको त छैन ?’

 



प्रतिक्रिया दिनुहोस्