काठमाडौं, १० माघ । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले ट्याक्सी व्यवसायीहरुको मागप्रति आफ्नो ऐक्यबद्धता जनाएका छन् ।
बिहीबार काठमाडौंको भृकुटीमण्डपमा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज उद्धघाट्न तथा ट्याक्सी व्यवस्थापन विषयमा बृहत्त अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै धमलाले अन्तर्राष्टिय मापदण्डअनुसार ट्याक्सीको भाडादर नेपालमा वृद्धि हुनुपर्ने व्यवसायीहरुको माग सकारात्मक रहेको बताए । राज्यले उनीहरुलाई सुरक्षा दिनुपर्ने धमलाको जोडदार माग छ ।
ट्याक्सी व्यवसायीहरुले २४ सै घण्टा सेवा दिएको बताउँदै धमलाले उनीहरु सामाजिक उत्तरदायित्वभित्र परेको धारणा राखे । धमलाले आफ्ना माग पूरा गराउनको लागि सबै ट्याक्सी चालकहरुबीच सहकार्य र एकता हुनुपर्ने भन्दै त्यसैअनुरुप अघि बढ्न पनि सुझाए । उनले भने, “तपाईहरुबीच एकता र सहकार्य भयो भनेमात्रै तपाईहरुको जीत सुनिश्चित हुन्छ ।”