Logo

निर्मला हत्याको ६ महिना : सरकार भेटियो न्याय भेटिएन



माघ ११, काठमाण्डौ । कञ्चनपुरकी १३ वर्षीय वालिका निर्मला पन्तको वलात्कार पछि हत्या भएकोे ६ महिना वितिसक्दा समेत सरकारले हत्याराको कुनै सुराक भेटेको छैन । हत्या भएको छ छ महिना सम्म प्रहरीले हत्याराको प्रमाण नभेटनुले आम नागरीकहरुले अहिलेको सरकारलाईनै निकम्मा सरकारको संज्ञा दिन थालेका छन ।

कञ्चनपुरकी बालीका निर्मला पन्त हत्याको ६ महिना पुगेपछि छमासिक कार्य गरिएको छ ।

छ महिना वितिसक्दा समेत राज्यले वास्तविक हत्यारालाई पक्राउ सम्म गर्न नसकेमा देशवासीनै दुःखित छननै, पछिल्लो समय दिन दिनै छोरी चेलीहरु आफु असुरक्षित महसुस गरीरहेका छन् ।

निर्मलाका परिवारले न्यायका लागि भन्दै विगत ३ महिनादेखि जिल्ला प्रशासन अगाडि अनिश्चितकालीन धर्ना दिईरहेका छन । परिवारमा छोरी गुमाएको पिडा त छदै थियो त्यसैमा उनीहरुले ६ महिना वितिसक्दा समेत न्याय नपाउदा झनै पिडा थपिएको छ ।

लामो समय देखि निर्मलाको न्यायका लागि विभिन्न आन्दोलन भए सरकारले पनि विभिन्न उच्वस्तरिय छानविन समिति वनायो तर उपलव्धी भने शुन्य रह्यो । २ तिहाई वहुमत पाएको सरकारले अहिलेसम्म हत्यारा पत्ता लगाउन नसक्नु लज्जास्पद हो ।

यता परिवारका सदस्य पनि छोरीले न्याय नपाउने पो होकी भन्ने आसंका गर्न थालेका छन् ।

कञ्चनपुरको भिमदत्त नगरपालिका– २ उल्टाखामकी १३ वर्षिय वालिका निर्मला पन्त को गत साउन १० गते साथिको घरवाट फर्किदा उखुवारीमा बलात्कार गरी हत्या गरीएको अवस्थामा शव फेला परेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot