Logo

सामाजिक संजालको दुरुपयोगले यौन अपराध बढ्यो



माघ १३, काठमाण्डौ । इन्टरनेट सेवाको विस्तारसँगै सामाजिक संजाल प्रयोकर्ताको संख्या पनि बढेको छ । प्रयोगकर्ता बढेसँगै विकृति पनि बढेको छ । पछिल्लो समय समाजिक संजालको दुरुपयोग गरेर अपराधिक गतिविधि पनि मौलाएको छ । यौनजन्य गतिविधिसमेत बढेपछि समस्या बढ्न थालेको छ ।

इन्टरनेट सेवासँगै सामाजिक संजालको प्रयोग बढिरहेको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै आफ्ना कुरा आदानप्रदान गर्न सकिने भएकाले फेसबुक, इष्टाग्राम, भाइबर, इमो, हवाट्सप, स्काइप लगाएतका सामाजिक संजालको प्रयोगकर्ता बढिरहेका छन् । सामाजिक संजालको प्रयोगसँगै दुरुपयोग पनि बढेको छ । सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तीहरुसगँ सम्र्पक भइ साथी बन्ने प्रचलन छ । सामान्य चिनजानबाट सुरु भएको मित्रता साथीमा परिणत हुन्छ । विपरित लिङ्गीबीच मायाप्रेम हुँदै यौन सम्पर्कसम्म हुने गर्दछ ।

त्यसपछि सुरु हुन्छ समस्या । गोप्य भिडियोहरु रेकर्ड गरेर ब्ल्याकमेल गर्नेदेखि हत्या हिंसाका घटनासमेत हुने गरेका छ । महानगरीय अपराध महाशाखाले त यस्तो समस्या भुसको आगो सल्किएजसरी बढिरहेको उल्लेख गरेको छ । महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतिले साइबर अपराधसम्बन्धी मुद्धा २०७२–७३ मा ३२ वटा र २०७३–७४ मा २५ वटा उजुरी दर्ता भएको जानकारी दिनुभयो । साइबर अपराधसँग सम्बन्धित अहिलेसम्म करिब ३ हजार मुद्धा दर्ता भएको छ ।

पछिल्लो समय सामाजिक संजालको दुरुपयोग १८ वर्षमुनिका किशोर किशोरीबाट बढि हुने गरेको छ । तर कतिपय घटना अनुसन्धान गरेर कारबाहीको दायारमा ल्याउन कानुनी अड्चन हुने गरेको प्रहरीको कथन छ ।

सामाजिक संजाल प्रयोगकर्ताले पनि यसको दुरुपयोग बढेको स्वीकार गर्दछन् । सामाजिक संजाललाई राम्रोसँग प्रयोग गर्ने हो भने यसको फाइदा पनि धेरै छन् । इन्टरनेट र सामाजिक संजालको दुरुपयोग रोक्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने सर्वसाधारणको सुझाब छ ।

२०७२ सालदेखि यस्ता घटनाको तथ्याङ्क उकालो लाग्न थालेको हो । साइबर अपराधसँग जोडिएका यौनशोषणका मुद्दाले किशोरकिशोरी मात्रै नभई विवाहित महिला पनि सिकार हुने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्