Logo

भेनेजुएलाबारे प्रचण्डकै लाईनमा विज्ञप्ती निकाल्दै प्रधानमन्त्री ओली !



काठमाडौं, १४ माघ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै लाईनमा भेनेजुएलामा भएको राजनीतिक संकटबारे विज्ञप्ती निकाल्ने तयारी गरेका छन् ।

आफूसँग कुनै सरसल्लाह नै नगरी भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगी राष्ट्रबाट भएको हस्तक्षेपको निन्दा गर्दै हतारिएर प्रचण्डले प्रेस विज्ञप्ती जारी गरेको भन्दै ओली यसअघि फायर भएका थिए । तर, यो विषयमा अमेरिकाले सरकारको आधिकारिक धारणा मागेपछि प्रधानमन्त्री ओली दबाबमा परेका छन् ।

सरकारले पनि अब छिट्टै यो विषयमा विज्ञप्ती जारी गर्ने तयारी गरेको छ । पार्टीकै अर्का अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तीमा ‘भेनेजुएलाका विपक्षी दलका सांसद हुँवान गुएइदो राष्ट्रपति रहेको भनिएको स्वघोषित अन्तरिम सरकारलाई अमेरिका र उसका सहयोगी राष्ट्रहरूले समर्थन गर्नुलाई भेनेजुएलाको आन्तरिक मामिलामाथिको हस्तक्षेप भनिएको छ।’ त्यतिमात्रै नभएर प्रचण्डले अमेरिकी कदमलाई संयुक्त राष्ट्रसङ्घीय बडापत्रमाथिको सीधा चुनौती पनि भनेका छन्।

प्रचण्डको पछिल्लो विज्ञप्तीले संयुक्तराज्य अमेरिकासँगको सम्बन्धमा दरार पैदा भएको टिकाटिप्पणी भैरहेको छ।  तर, आज प्रधानमन्त्री ओलीको सन्देश लिएर परराष्ट्र प्रदीप कुमार ज्ञवाली ललितपुरस्थित् ‘प्रचण्ड’ निवास पुगेको थिए । सरकारले पनि अब पार्टी अध्यक्ष प्रचण्डकै लाईनमा आज वा भोलिभित्र आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot