Logo

डा. केसी समर्थकलाई तनाब, अस्पताल परिसरभित्र विरोधका कार्यक्रम नराख्न आग्रह



काठमाडौँ, १४ माघ । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले अस्पताल परिसरभित्र कुनै धर्ना, विरोध तथा बन्द हड्तालका कार्यक्रम नराख्न तथा नगर्न आग्रह गरेको छ ।

अनशन, रिले अनशन तथा आन्दोलनले आम सर्वसाधारणको स्वास्थ्यको उपचारमा बाधा उत्पन्न हुने प्रति अस्पतालले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै नियमित स्वास्थ्य सेवा प्रदान गर्न आफ्ना स्वास्थ्यकर्मीलाई विज्ञप्तिमार्फत आग्रहसमेत गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काद्वारा सोमबार साँझ जारी विज्ञप्तिमा शिक्षण अस्पताल जस्तो सर्वसाधारण जनताको पहुँचमा रहेको अस्पतालमा स्वास्थ्य सेवा प्रभावित बनाउन नहुनेमा जोड दिइएको छ ।

नेपाल चिकित्सक सङ्घले अनशनरत् चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै आज अस्पताल परिसरमा रिले अनशन आयोजना गरेको थियो । सङ्घका अध्यक्ष चिकित्सक मुक्तिराम श्रेष्ठले सरकार र डा केसीका बीचमा विगतमा भएको सहमति कार्यान्वयन गर्न माग गरे।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्

Screenshot